अनलाइन कक्षा : सकारात्मक र सुधारात्मक पक्ष
सिक्ने सिकाउने हाम्रो अभियान
कोभिड–१९ को प्रभावले गरिएको लकडाउन एक महिना बढी भइसकेको छ। सरकारले लकडाउन अघि नै सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। जसले गर्दा परीक्षा र नियमित पाठनपाठन ठप्प भए। लकडाउन अवधि र त्यसपछि पनि जनजीवन सामान्य बन्न समय लाग्ने देखिएपछि हाल अनलाइन कक्षाहरू सुरु भएका छन् ।
नियमित कक्षा सञ्चालन अनिश्चित भएकाले विद्यार्थीको भविष्यलाई ख्याल गर्दै वैकल्पिक शिक्षण विधि अपनाउनु परेको छ। सरकारले ‘अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ तयार पारेर जारी गरेको छ ।
वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. मनप्रसाद वाग्लेले हाम्रो तयारी नपुगेको कारणले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काईसौं शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने बताए ।
अनलाइन कक्षाको अनुभव
|
No comments